फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

petrol

जेठ ३, पोखरा,


कोरोना महामारिको संकट सँगै कालोबजारि र मंहगिलाई झेलिरहेका नेपालिलाई नेपाल आयल निगमले समेत पेट्रोलियम पदार्थको मुल्य बढाएर थप समस्या सिर्जना गरिदिएको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर एक सय २३, डिजल र मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
यो महंगिमा निगमले पुनः मुल्य वृद्धि गरेर जनताको ढाड भाँच्ने काम गरेको भन्दै विभिन्न व्यक्तिहरुले आक्रोश व्यक्त गरेका छन् ।
निगमले भने अन्तराष्ट्रिय बजारमा मुल्य बढेकोले नेपालमा पनि बढाउन बाध्य भएको बताएको छ ।