कास्कीका १८८ सहित ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टी

corona

साउन २९, कास्की,

शुक्रबार गण्डकीका थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२३ जनामा गरिएको नमुना परीक्षणमा थप ४७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८८ जना, तनहुँका १७ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना, नवलपुरका ६५ जना, स्याङ्गजाका ६१ जना, पर्वतका तीन जना, बागलुङका ५१ जना र म्याग्दीका १७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ९८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६०९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६७ हजार ५१६ पुगेको छ ।

शुक्रबार गण्डकीमा थप ९ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका चार जना सहित नवलपुर र तनहुँका दुईदुई जना तथा
गोरखाका एक जना रहेका छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२७० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार पाँच सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जम्मा १८ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा थप तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको २१ प्रतिशतभन्दा धेरै हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७९ हजार चार सय ९५ जना पुगेको छ ।

यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ३९ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ३६ जनाको आईसीयू र एक सय ८६ जानको भेन्टिलेटरमा उपचार भइरहेको छ ।