चीन र अमेरिकाको कारण पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको जापानको भनाई

chin america

असार २९, एजेन्सी,


जापानले ताइवानको आसपास बढिरहेको सैनिक तनावका साथै अमेरिका र चीनबीच चलिरहेको आर्थिक र प्राविधिक प्रतिस्पर्धाका कारण पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको छ ।


रक्षा क्षेत्रको स्थितिमाथि जारी गरिएको वार्षिक श्वेत पत्रमा जापानले यस क्षेत्रमा शक्ति सन्तुलन चीनतर्फ झुकेकाले पूर्वी एसियाको शान्ति र स्थिरतामा खतरा पुगेको बताएको हो ।
जापानले निकालेको श्वेत पत्रमा ताइवानका बारेमा भनिएको छ, ‘खतरा पहिलेभन्दा निकै बढेकाले हामी सतर्क रहन आवश्यक छ । अमेरिका–चीन तनावमा विशेषगरी प्राविधिक क्षेत्रमा प्रतिस्पर्धा अझ गाढा हुने जापानको भनाइ छ ।’
मङ्गलवार जापानका प्रधानमन्त्री योशिहिदे सुगाको सरकारले यस रक्षा दस्तावेजलाई मन्जुरी दिएको हो । जापानी द्वीप समूहको पश्चिमी भागमा ओकीनावा द्वीपको शृङ्खला छ र यो ताइवान नजिक पर्ने हुँदा ताइवानको आसपास चीनको सैनिक गतिविधिका कारण जापानको समस्या बढेको छ ।
चीनका राष्ट्रपति सी जिनपिङले यही महिना ताइवार चीनको एकीकरणलाई पूरा गर्नेमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । गएको जुनमा अमेरिकाले चीन र ताइवानलाई छुट्याउने ताइवानको खाडीमा एक युद्धपोत पठाएपछि सी जिनपिङले अमेरिकाको आलोचना गर्नुभएको थियो ।