नेप्सेमा बिहीवार ११ अङ्कभन्दा धेरैले वृद्धि

tt

असार ३१, काठमाण्डौ,

शेयर बजार परिसूचक मापक नेप्से आज बिहीवार ११ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले बढेको छ । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले घटेको छ ।
आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् ।