बाँस्कोटाले नेपाल समुहलाई भने असन्तुष्टहरुको झुण्ड

Gokul Baskota

साउन १५, धुलिखेल,

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य गोकुल बाँस्कोटाले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई असन्तुष्टहरूको झुण्डको संज्ञा दिएका छन् ।

प्रेस चौतारी नेपाल काभ्रे शाखाले आयोजना गरेको सदस्यता वितरण तथा अन्तर्क्रिरया कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले कुण्ठा मात्रै बोकेको झुण्डको कुनै राजनीतिक एजेण्डा नहुने बताउनुभयो । नेता नेपालले आफ्नै पार्टीको सरकारलाई कांग्रेस सभापति शेरबहादुर देउवाको हातमा सुम्पेको उहाँको आरोप छ ।

नेपालको यो कदमले इतिहासको मूल्य चुकाउनुपर्ने बाँस्कोटाको भनाइ छ । उहाँले अदालतले संविधानको उल्लंघन गरेर राजनीतिक फैसला गरेको टिप्पणी गर्नुभयो ।