गण्डकीमा राजमोको निर्णय कुर्दै विपक्षिदल

rajamo

बैशाख २८, पोखरा,

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा (राजमो) निर्णायक भूमिकामा देखिएको छ । तर राजमो भित्र देखिएको आन्तरिक विवादले नयाँ सरकार गठनमा अन्यौलता सिर्जना गरिदिएको छ ।

प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा रहेका छन् । गुरुङले पनि पदबाट राजीनामा दिईसक्नुभएको छ । अब गण्डकीमा नयाँ सरकार गठनकोलागि दलहरुबिच छलफल र भेटघाट पनि बाक्लिन थालेको छ । यतिबेला गण्डकीमा नयाँ सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णयक भुमिकामा देखिएको छ । जनमोर्चासँग पियारी थापा, खिमविक्रम शाही र कृष्ण थापा गरी तीन जना प्रदेश सभा सदस्य रहेका छन् ।

पियारी थापा मुख्यमन्त्री गुरुङ सरकारको विरोधमा देखिएपनि राजमोका अन्य दुई सभा सदस्यले दोहोरो चरित्र देखाइरहेकोले नयाँ सरकार गठनकोलागि अघिसरेको कांग्रेस, माओवादि लगायतका दलहरु तिनै दुई सांसदको निर्ण कुररिरहेका छन् ।

राजमोका प्रदेश सभा सदस्यहरूले पार्टीको निर्णय उल्लघंन गरेमा कारबाही सम्मको चेतावनी दिँदै सचेतक पियारी थापाले अन्य दुई सांसदलाई ह्विप नै जारि गर्नुभएको छ ।
उहाँले नेताद्वय कृष्ण थापा र खिमविक्रम शाहीको नामै किटेर विपक्षी गठबन्धनको सरकार बनाउन सहयोग गर्नका लागि हस्ताक्षर गर्न ह्वीप जारी गर्नुभएको हो ।
प्रदेश सभा सदस्य कृष्ण थापासँगको कुराकानिमा उहाँले आँफुहरु सरकारमा नजाने भएकोले पनि अहिलेसम्म कुनै निर्णय नदिएको भन्दै समय आएपछि सबैकुरा क्लिएर हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ह्वीप जारी गर्न मिल्छ कि मिल्दैन, दलको बैठक बसेर ह्वीप जारी गर्ने हो कि व्यक्तिगत रूपमा गर्ने हो ? उतै बुझ्नुहोला ।’ यता सचेतक थापाले भने पार्टीको निर्णयलाई टेकेर नै ह्वीप जारी गरेको दाबि गर्नुभएको छ । एमालेसँग एक स्वतन्त्र सहित २८ सांसद भएको यो अवस्थामा सरकार बनाउन आवश्यक ३१ सांसद पुर्याउन विपक्षिदललाई जनमोर्चाको निर्णय कुर्नुपर्ने बाध्यता रहेको छ ।