निर्यात बढाउनकालागि उत्पादन वृद्धि गर्न अर्थमन्त्रीद्धारा निजी क्षेत्रलाई आग्रह

janardan file pc

साउन ३०, काठमाण्डौ,

अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब निर्यातमुखी अर्थतन्त्र अपरिहार्य रहेको भन्दै यसमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो ।

देशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसको लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोरोना पछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै धन्यवाद दिनुभयो ।

उद्योग वाणिज्य महासंघले १० वर्षमा एक खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाख जनालाई औपचारिक रुपमा रोजगारी दिने योजना रहेको बताउनुभयो ।