महाकाली घटनाको दोषीलाई कारबाही गर्न नेपालको माग

madhab nepal

साउन १६, काठमाण्डौ,

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको छ । काठमाडौं अखिल फोर्सको वृहत् भेलालाई सम्बोधन गर्दै नेपालले महाकालीमा एउटा निर्दोष मानिसको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो ।

यस्तै उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई खोपको वचनमात्र नदिएर काममा ध्यान दिन सुझाव दिनुभयो । जनतालाई दिएको वचनप्रति प्रतिबद्ध भएर काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।

फरक प्रसंगमा नेता नेपालले संविधान कुल्चिने प्रयास गर्ने जो कोहीविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताउनुभएको छ । उहाँले राजतन्त्र ल्याउने कसैले दुस्साहस गर्न खोजे त्यसको विरुद्ध कडा प्रतिवाद गर्ने भन्दै कसैले संविधानलाई कुल्चिने काम गर्छ भने आँफुहरु पनि चुप लागेर नबस्ने चेतावनि दिनुभएको छ ।