माधव नेपाल पक्षले राजीनामा नदिने, ओलीलाई मत पनि नदिने

nepal paxe

बैशाख २७, काठमाण्डौ

नेकपा एमालेका माधव नेपाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् । तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने कार्यक्रम छ । ओलीले लिन लागेको विश्वासको मतका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु उभिने भएका छन् । नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित हुँदा ओलीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।