कास्कीका १६२ सहित देशभर थप १ हजार ८ सय १ जना कोरोना संक्रमण पुष्टी : गण्डकीका ५ सहित थप २३ जनाको मृत्यु

corona update

साउन ३, कास्की,

आइतबार गण्डकी प्रदेशका थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८९ जनामा गरिएको नमुना परीक्षणमा ३३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १६२ जना सहित, तनहुँका १५ जना, गोरखाका ३० जना, लमजुङका तीन जना, नवलपुरका १७ जना र स्याङ्गजाका ५३, पर्वतका १९ जना, बागलुङका २५ जना, म्याग्दीका १३ जना र मुस्ताङ जिल्लाका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार ५०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ७३० पुगेको छ ।

आइतबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, तनहुँ र गोरखाका एकए जना सहित नवलपुरका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामै देशभर १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट जम्मा ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा १ हजार ८०१ संख्याका संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ ।