इङ्ग्ल्यान्डद्धारा दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान ४५ रनले पराजित

eng vs pak

साउन ४, काठमाण्डौ,

इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ५५ रन बनाउन सक्यो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन जोडे।

इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २–२ विकेट लिए भने टोम करन र माट पाकिर्नसनले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २ सय रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे ।

पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले २–२ विकेट लिए । यस्तै, शहेन साह अफ्रिदी र शादब खानले एकरएक विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।