ओली विरुद्ध गएका एमालेको नेपाल–खनाल सहित ११ जना पार्टीबाट निष्कासित, बाँकि १२ जनालाई पनि कारवाहि गरिँदै

fute

जेठ १०, काठमाण्डौ,

नेकपा एमालेले माधव कुमार नेपाल र झलनाथ खनाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

सोमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।

गएको शनिवार स्पष्टीकरण मागिएकोमा उनिहरूले स्पष्टीकरण नबुझाएपछि ११ जनालाई नै पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

सांसदहरू नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई समेत एमालेले कारबाही गरेको हो ।

यसैबीच आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा भने एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग रहेको रिट निवेदन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्धमा रहेको छ ।
यसैबिच
एमालेले आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जनालाई पनि स्पष्टीकरण सोधेको छ । ११ जनालाई निष्कासन गरेपछि बाँकी रहेका १२ जनालाई पनि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो । गएको शुक्रवार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न २७ सांसदले हस्ताक्षर गरेको भए पनि सर्वोच्चमा रिट दायर गर्ने समयमा २३ सांसद मात्रै उपस्थित भएका थिए ।