महन्थ ठाकुरको रिट हेर्न नभ्याइनेमा

Mahanta_thakur

साउन १७, काठमाण्डौ,

पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का ’नेता’ महन्थ ठाकुरले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराइको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै पेसी सरेको हो । महन्थ ठाकुरको वारेश बनेर अधिवक्ता प्रदिप कुमार पाठकले दायर गरेको रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ ।