साउन ११, कास्की,
कास्की जिल्लाको पोखरामहानगरपालिका वडा नं. १५ अमिनतारा स्थित सेती नदिको किनारमा एक महिलाको शव फेला परेको छ ।
सोमबार (आज) बिहान अन्दाजी साढे ८ बजेको समयमा सेती नदीको किनारमा रहेको दुई ढुङ्गाको बीच, खोँचमा ति महिलाको शव फेला परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन । घटनाको जानकारी लगत्तै विशेषज्ञ सहितको प्रहरी टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको छ ।