एमाले माधव समूहका सांसदको राजीनामा रोकियो

nepal samuha

बैशाख २६, काठमाण्डौ

एमाले नेता माधवकुमार नेपाल समूहको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो ।

ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।

दुवै पक्षले आ–आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन । नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताउनुभयो । यस्तै बैठकपछि नेम्वाङले पनि माधव समूहको राजीनामाको कुरा चर्चा मात्रै भएको बताउनुभयो ।