अबको २६ वर्षमा भारत पनि अमेरिका र चीन बराबर धनी हुने अर्बपति मुकेश अम्बानीको दाबी

mukesh ambani

एजेन्सी,

साउन १०, कास्की,

भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले गत तीन दशकमा भारतले अपूर्व आर्थिक सुधार गरेको दावी पनि गरेका छन् ।


मुकेश अम्बानी

तीन दशको सुधारले नागरिकलाई अद्भूत रुपमा फाइदा पु¥याएको भन्दै अम्बानीले अब भारतले आफ्नै खालको विकास मोडेल तय गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

भारतमा आर्थिक उदारीकरणको तीन दशकसम्बन्धि टाइम्स अफ इन्डियामा लेखिएको लेखमा अम्बानीले सन् २०४७ भित्र भारत, चीन र अमेरिका बराबरसम्पन्न हुने दाबी गरेको बिजनेस स्टाण्डर्डले उल्लेख गरेको हो ।

सन् १९९१ को अभावको अर्थव्यवस्थाबाट सन् २०२१ मा भारत पर्याप्त अर्थव्यवस्थामा परिणत भएको भन्दै उनले सन् २०५१ भित्र भारतलाई दिगो, प्रशंसनीय र समान समृद्धिको अर्थव्यवस्थामा रूपान्तरण गरिनुपर्ने बताएका छन् ।