एमालेद्धारा पार्टीको ह्विप विपरीत देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

emale kp

साउन ४, काठमाण्डौ

नेकपा एमालेको सोमवार बसेको बैठकले पार्टीको ह्विपु विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घण्टाभित्रमा सांसदहरूले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउनेछ ।

भोलि मङ्गलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई सम्भवतः कारबाही प्रक्रिया अगाडि बढाउने छ । यस बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवादलाई वार–पार गर्न सक्ने अनुमान गरिएको छ । बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरूले ुफ्लोर क्रसु गर्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न ढिलो गर्न नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरूले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफी दिन नसकिने बताएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएनन् ।

विभिन्न जिल्लाबाट एमाले केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूसँग पछिल्लो पार्टी विवादको सम्बन्धमा हामीले कुराकानी गरेका छौँ । कुराकानीमा एमाले केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल पक्षधरलाई एमालेमा स्वीकार गर्न नसकिने बताएका छन् ।

केन्द्रीय कमिटी सदस्य मना केसीले माधवकुमार नेपाल पक्षले ुफ्लोर क्रसु गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताउनुभयो । यो समूहले कम्युनिस्ट आन्दोलनप्रति समर्पित सबैका निम्ति घातक निर्णय गरेको बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपालबाहेकका नेताहरूलाई आत्मालोचनासहित पार्टीमा फर्किँदा ठाउँ रहेको बताउनुभयो । यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता ओलीले गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य उमा कोइरालाले विपक्षीलाई विश्वासको मत दिएर आफ्ना पार्टीका सांसदले ुगद्दारीु गरेको बताउनुभयो । यो समूहलाई पार्टीबाट निष्कासन गर्नुपर्ने उहाँले बताउनुभयो । स्पष्टीकरण सोधेर प्रक्रिया पुर्‍याइ पार्टीबाट निष्कासन गरिने केन्द्रीय कमिटी सदस्य कोइरालाको भनाइ छ । आफूहरू नागरिकमा लोकप्रिय भएको भन्दै उहाँले माधव समूहलाई कारबाही गरेर हटाउँदा सङ्गठन कमजोर नहुने पनि उहाँले जिकिर गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिस्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताउनुभयो । नेपाल पक्षले नागरिक र मतदातालाई धोका दिएको भन्दै उनीहरू आफैँले स्वघोषणा गरेर एमाले परित्याग गरेको थापाले धारणा राख्नुभयो ।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रूप देखिएको बताउनुभयो । जति छिटो पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उहाँले पार्टी एकतामा जोड दिनुभयो । पार्टीको आइतवारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतिको स्वामित्व ग्रहण गरेको केन्द्रीय कमिटी सदस्य रिजालको भनाइ छ । अब एमालेमा कुनै पनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्य लीला गिरीले ुफ्लोर क्रसु लाई घातक तथा कालो दिनको रूपमा चित्रण गर्दै यसले देशको संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पुर्‍याएको बताउनुभयो । यसको असर इतिहासमा देखिने उहाँको भनाइ छ । यो पार्टीविरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरूविरुद्ध कारबाही गरिनुपर्ने उहाँको मत छ ।

केन्द्रीय कमिटी सदस्य मोहन बानियाँले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्थ गराउनका लागि राजनीतिक अपराध भएको बताउनुभयो । यसले पार्टीलाई मात्र नभइ स्वयम् व्यक्तिलाई पनि घाटा हुने उहाँको तर्क छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उहाँले स्पष्ट पार्नुभयो ।