नेप्से आज १६ अङ्कले बढ्दा १७ अर्ब ५१ करोड बढिको कारोबार

nepse aaja

साउन २८, काठमाण्डौ,

शेयर बजार परिसूचक नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बंैक, शाइन रेसुङ्गा विकास बैंक, युनियन लाइफ, जीवन विकास लघुवित्त, रुरु जलविद्युत् र माउन्टेन इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनी, ओरियन्टल होटल लगायतको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छन् ।