कोरोनाबाट मृत्युहुनेको संख्यामा फेरी बढ्यो, गण्डकी प्रदेशका ३६० सहित देशभर थप २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टी

corona update

असार ३१, कास्की


बिहीबार गण्डकी प्रदेशमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय जनामा गरिएको नमुना परीक्षणमा ३६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८२ जना सहित नवलपुरका ६० जना, गोरखाका ३९ जना, बागलुङका २६ जना, स्याङ्गजाका २१ जना, तनहुँका १७ जना, लमजुङका ९ जना, म्याग्दीका ५ जना र पर्वतका १ जना रहेका छन् ।
योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ५१९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १७३ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा संक्रमणमुक्त हुनेको कुल संख्या ५६ हजार ६९६ पुगेको छ ।
यस्तै बिहीबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १४ पुगेको छ ।
थप मृत्यु पुष्टि हुनेमा कास्की, स्याङ्गजा र पर्वतका एकएक जना सहित नवलपुरका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । यसअघिका दुईदिन मंगलबार र बुधबार १२ र १८ जनाको मृत्यु भएकामा बिहीबार ३३ जना थपिएका हुन् । थप ३३ को मृत्युसँगै देशभर कोरोनाबाट ९ हजार ४ सय ६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै बिहीबार १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा थप २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै सक्रिय संक्रमित बढेर २६ हजार ६ सय ३९ पुगेका छन् । बिहीबार १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।