गण्डकीमा थप ५ सय १३ सहित देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

UPDATE

जेठ २३, पोखरा,

पछिल्लो २४ घण्टामा गण्डकीका ५१३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ६८६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४६ हजार ५०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ७४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ५१७ पुगेको छ ।

त्यस्तै गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत विभिन्न जिल्लाका १२ जना र नवलपुरका दुई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७६२ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा चार लाख ९१ हजार नौ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार चार सय ७१ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार २४ जना र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ५५ गरी तीन हजार चार सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख एक हजार ६ सय ८३ पुगेको छ । जसमध्ये पाँच लाख ८८ हजार एक सय २४ जनामा पीसीआर र १३ हजार पाँच सय ५९ जनामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार आठ सय ९८ पुगेको छ ।