राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथफोर्स ब्युँतायो

yubasangh

असार २९, काठमाण्डौ,

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवा संघले क्षितिज थेबेको नेतृत्वमा मंगलबार पत्रकार सम्मेलनमार्फत युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो ।

यसअघि माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ सालमा युवा संघले तत्कालीन कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा युथफोर्स गठन गरेको थियो ।

युवा संघले मंगलबार पत्रकार सम्मेलनमार्फत युथफोर्स ब्युँतिएको घोषणा गरेको हो । युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले विगतमा जस्तै सबैखाले ज्यादतीविरुद्ध जनताको सुरक्षा गर्ने बताए । उनले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।

पुनःस्थापित युथफोर्सको प्रमुखमा युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ चयन भएका छन् । युथफोर्स ५०१ सदस्यीय रहने युवा संघका सचिव जय गुरुङले जानकारी दिए ।