आज राति गण्डकी सहित केहि ठाउँमा ठूलो पानी पर्ने

mausam

साउन २४, कास्की,

गण्डकी प्रदेशको राजधानि पोखरामा आज बिहान र दिउँसो सामान्य वर्षा भएको छ । गण्डकी सहित प्रदेश–१, र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ । भने केहि ठाउँमा ठूलो पानि पर्ने सम्भावना रहेको छ । दिउँसोको समयमा ठूलो वर्षा नभएपनि आज राति भने केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।

मौसमविदका अनुसार आजराति गण्डकीका केहि स्थान सहित प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै, आउँदो मङ्गलवारदेखि भने मनसुन थप सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा नै ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।