नेप्से आजपनि सामान्य बढ्यो

nepse aaja

साउन २५,कास्की,

शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ ।

गएको केही दिनदेखि उत्साहजनक रूपमा बढेको जलविद्युत् समूह आज पनि लयमै रहेको छ । जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भए ।