कास्कीका १५७ सहित दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि,, थप १८ जनाको मृत्यु

corona update

साउन ८, कास्की,

शुक्रबार गण्डकीका थप ४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७८ जनामा गरिएको नमुना परीक्षणमा ४२० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५७ सहित नवलपुर र गोरखाका त्रिपन्नत्रिपन्न जना त्यस्तै स्याङ्गजाका ५० जना, बागलुङका ४६ जना, म्याग्दीका १९ जना, पर्वतका १६ जना, लमजुङका १४ जना, र तनहुँका १२ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४१० जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५९ हजार ६३९ पुगेको छ ।

शुक्रबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की र तनहुँका एएक जना छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४६ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ८२ जना र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ९५ जना गरी दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुल परीक्षणको १७ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३० हजार एक सय ४६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ७८ जना निको भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ । यस्तै थप १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ७९ पुगेको छ ।

अहिले नेपालमा २७ हजार ६ सय ६१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ८२ जनाको आईसीयू र एक सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।