साउन ७, कास्की
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। साउन ४ गतेदेखि जारी बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
आजको बैठकमा एमालेको नेपाल(खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ। तर, नेपाल खनाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकतामा भाँजो हालेको बताउँदै आएको छ।
एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो।