सोमबार कास्कीका २९८ सहित प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण

corona

बैशाख २७, पोखरा

गण्डकीमा सोमबार थप ६५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज गण्डकी अन्तर्गतका जिल्लाहरु कास्कीमा २९८ जना, तनहुँमा २२ जना, गोरखामा २२ जना, लमजुङमा ३७ जना र नवलपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, स्याङ्गजामा १५ जना, पर्वतमा ५० जना, बाग्लुङमा ५८ जना, म्याग्दीमा ६३ जना र मुस्ताङ र मनाङमा थप एक – एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ८८२ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा अहिलेसम्म १८ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १३ जनाको मृत्यु पुष्टि भएको छ । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।