अवैध गाँजासहित पोखरामा २ युवा पक्राउ

pakrau1oo

भदौ २, कास्की,

पोखराको पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजासहित २ युवाहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका १ बस्ने २ जना १८ वर्षीय युवाहरुलाई मंगलबार राति प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

पोखरा ३० पावरहाउस चोकमा बा ५ ख ६०८८ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई करिब २ किलो १०० ग्राम अवैध लागूऔषध गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।