प्रशिक्षक अलमुताइरीद्वारा फुटबल सङ्घका उपाध्यक्षको दोष देखाउँदै राजीनामा घोषणा : आरोप निराधार भएको उपाध्यक्ष नेम्वाङको दावि

abudallha almutairi

साउन १०, कास्की,

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । नेम्बाङले गत तीन हप्तादेखि विभिन्न नाटक गरेको अब्दुल्लाहको आरोप छ ।


यस विषयमा अलमुताइरीले नेपाली समर्थकसँग माफी पनि मागेका छन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबलले लय लिन थालेको थियो । युवा खेलाडीलाई स्थान दिने र नयाँ प्रयोग अलमुताइरीका विशेषता हुन् ।
यसैबिच

आफूले अनावश्यक दबाब दिएर मुख्य प्रशिक्षक अल्मुताइरीलाई राजीनामा गर्न बाध्य नपारेको अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले बताउनुभएको छ ।
नेम्वाङले आरोप निराधार भएको भन्दै आफूमाथि षड्यन्त्र गरी फसाउन खोजिएको तर्क गर्नुभएको छ । उहाँले एन्फालई यसविषयमा छानबिन गर्न पनि आग्रह गर्दै छानबिन गर्दा आफू दोषी पाइए कारबाही भोग्न तयार भएको बताउनुभयो ।