प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटारमा

Deuba-Sita-Prachanda

साउन ५, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन् ।

खुमलटारमा दुई नेताहरूबीच वार्ता चलिरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

भेटका क्रममा देउवाले दाहालपत्नी सीतासँग पनि भेट गर्नुभएको छ । भेटमा देउवाले सीताको स्वास्थ्य अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।