कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी

NCMeeting 1

साउन ३१, काठमाण्डौ,

नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका लागि तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको हो ।

हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता विवाद छिटो हल गर्ने निर्णयसमेत गरेको छ । सिटौला, रिजाल र लेखकलाई चार दिनको समय दिइएको छ ।

भदौ ३ गतेभित्र क्रियाशील विवाद समाधान गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन दिइसक्नुपर्नेछ ।

कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील बनाइसकेको छ । विभिन्न जिल्लाका विवाद हल गरेपछि र विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील विवरण आएपछि क्रियाशील सदस्य करिब ९ लाख पुग्ने बताइएको छ ।

यस्तै कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भएको छ । केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय भएको छ ।