पोखरामा लागु औषधसहित एक युवा पक्राउ

pakrau1oo

भदौ ४, कास्की,

पोखराको उत्तम मार्गबाट एक व्यक्ति अवैध लागु औषधसहित पक्राउ परेका छन् ।

बिहीबार (हिजो) साँझ उत्तम मार्गमा शंकास्पद अवस्थामा हिंडिरहेका स्याङ्गजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं –२ घर भइ हाल पोखरा महानगरपालिका –१७ बिरौटा बस्ने ३२ वर्षीय ‘हाउडे’ भन्ने शुसिल क्षेत्रीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले उनको साथबाट नुर्फिन १० एम्पुल, फेनेरागन १० एम्पुल र डाइजेपाम ११ एम्पुल गरी जम्मा ३१ एम्पुल लागु औषध वरामद गरेको छ । हाल प्रहरी नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी छ ।