राष्ट्रिय सभा सदस्यमा बादललाई पछाडि पार्दै देवकोटा विजयी

badal-devkota

जेठ ६, हेटौंडा,

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।

खिमलाल देवकोटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएको हो । यस्तै रामबहादुर थापाले चार हजार १४ मतभार र कृष्णगोपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएको हो ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।