मनपरि गर्ने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

ishwor-pokhrel k

बैशाख २३, काठमाण्डौ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताउनुभयो ।

काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको पोखरेलले बताउनुभयो । सरकारले कोरोना संक्रमितको उपचारका लागि तीन किसिमको शुल्क तोकेको छ । सामान्य बिरामीका लागि ३५ सय प्रतिव्यक्ति प्रतिदिन, अक्सिजन चाहिने बिरामीका लागि ७ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिन र जटिल बिरामीहरूका लागि १५ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिन तोकेको छ ।