रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

Chelsea

बैशाख २३, एजेन्सी


चेल्सी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा पुगेको हो । यस अघि सेमिफाइनलको पहिलो लिगमा दुबै १–१ गोलको बराबरीमा रोकिएका थिए ।
योसँगै चेल्सी तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । यस अघि २००८ मा फाइनलमा पुगेको चेल्सी म्यानचेस्टर युनाइटेडसँग पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो भने दोस्रो पटक २०१२ मा फाइनल पुग्दै बायर्न म्युनिखलाई पराजित गरेर उपाधि जितेको थियो ।
अब फाइनलमा उपाधिका लागि चेल्सीले प्रिमियर लिगकै क्लब म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । सिटीले यस अघि पिएसजीलाई पराजित गर्दै क्लबको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा आफ्नो स्थान बनाएको छ । फाइनल खेल मे २९ मा हुने छ ।