गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल (फोटो फिचर),

8

विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना


जेठ २७, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मतमा मतदान भैरहँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे भने खिम विक्रम शाहीले विपक्षमा मतदान गर्नुभएको छ ।

यद्यपी जनमोर्चाले विपक्षमा मतदान गर्न आफ्नो सांसदलाई ह्वीप जारी गरेको थियो । पार्टीको ह्वीपलाई उल्लंघन गर्दै थापाले भने मतदान नै नगरी तटस्थमा बस्नुभएको छ ।

त्यस्तै गुरुङ सरकारकै मन्त्रीमण्डल सदस्य युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले समेत विपक्षलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

अहिले भएको मतदानमा २७ सांसदले पक्षमा र ३० सांसदले विपक्षमा मतदान गरेका छन्भने १ तटस्थ र १ जना अनुपस्थित रहेका छन् । योसँगै विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ ।


यसैबिच
गुरुङले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशसभा मैना चरीहरूको बथानमा परिणत भएको बताउनुभएको थियो । गुरुङले प्रदेशसभामा प्रतिपक्ष गठबन्धन र सत्तापक्ष बनेपछि प्रदेशसभा मैना चरीहरूको बथान बनेको आरोप लगाउनुभएको हो ।

उहाँले भन्नुभयो,‘‘हाम्रो चाहिँ क्रियाकलापका कारण, हाम्रो यहाँ अभिव्यक्त गर्ने विषयवस्तुका कारण, त्यसको अन्तरबस्तुका कारण÷हिसाबले यो प्रदेशसभालाई हामी मैना चरीहरूको बथान जस्तो बनाइरहेका छौ ।‘

मुख्यमन्त्री गुरुङले प्रदेशसभा ‘क’ भन भन्दा ‘क’, ‘ख’ भन भन्दा ‘ख’ भन्ने मैना चरीहरूको बथान जस्तो बनेको बताउनुभयो । उहाँले त्यस्तो खालको गतिविधिलाई रोकेर प्रदेशसभालाई सृजनशील र आलोचनात्मक चेत भएको थलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत नपाए प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको आह्वान हुने छ ।