कास्कीका १ सय २० सहित देशभर थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि

corona update

असार ५, पोखरा,

शनिबार गण्डकी प्रदेशमा थप ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा थप ३४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थपसंक्रमण पुष्टि हुनेमा कास्कीका १ सय २० जना सहित, तनहुँका ८८, स्याङ्गजाका ४०, नवलपुरका ३२, बागलुङका २५, लमजुङका २२, म्याग्दीका ११ र पर्वतका ८ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार २ सय ९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ९१ जना कोरोनामुक्त भएसंगै प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४७ हजार २ सय १६ पुगेको छ ।

त्यस्तै शनिबार गण्डकीमा थप ५ जनाको कोरोनाकाकारण मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्की, तनहुँ, स्याङ्गजा, बागलुङ र म्याग्दीका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय ८१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
यसैबिच
देशभरको पछिल्लो अवस्थालाई हेर्दा कोरोना संक्रमणदर घट्दै गएको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

७ हजार १० जनाको पिसिआर परीक्षण गर्दा थप १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा थप ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यो अवधिमा कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ८ हजार ६ सय ७६ पुगेको मन्त्रालयले बताएको छ ।

यस्तै गत २४ घण्टामा थप ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत पुगेको छ ।