बुधबार देशैभर सार्वजनिक विदा : अरु के के भए मन्त्रिपरिषद्को निर्णय ?

Gyanendra-Bahadur-Karki1

साउन ४, काठमाण्डौ,

सरकारले निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जनालाई राजदूतमा नियुक्त गर्ने निर्णय खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

त्यसैगरी सरकारले साउन ६ गते बुधबार इस्लाम धर्मालम्बीको पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्रराष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको छ ।