जेठ ९, पोखरा,
परिवर्तन आँफैबाट सुरु गरौँ भन्ने मुल उद्येश्य बोकेर कास्कीको पोखरामा सुरु भएको परिवर्तन नेपालले कोरोना कहरमा रहेकाहरुलाई सहयोगको हात अगाडि बढाएको छ ।
कोरोनाको तेस्रो भेरिएन्टको त्रास फैलिएपछि अन्य जिल्लामा जस्तै कास्कीमा पनि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले दैनिक ज्यालादारि गरेर खाने व्यक्तिहरुमा समस्या देखेपछि पोखरा महानगरपालिका वडा नं. १ स्थित लालटिनबजारका ४२ घरधुरिलाई शनिबार खाद्यान्न सामाग्रि वितरण गरेको संस्थाका सचिव हरी कार्कीले जानकारी दिनुभयो । काममा जान नपाएका अति विपन्न परिवारलाई चामल, नुन, तेल, आलुलगाएतका सामाग्री सहयोग गरिएको उहाँले बताउनुभयो ।
स्थापनाकाल देखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाले महानगरका वडा नं. १८, २४ र २५ मा निशुल्क स्वाँब संकलन गरिसकेको छ । अहिले सम्म ३ वटा वडाका ४ सय भन्दा धेरैको स्वाँब संकल गरिएको कार्कीको भनाई छ ।
यस्तै सोमबार वडा नं. २३ को ठूलाखेत भन्ने स्थानमा निशुल्क स्वाँब संकलन गरिने हिमाल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल समेत रहनुभएका सचिव कार्कीले बताउनुभयो ।
जिल्लाका भिन्न भिन्न पेशा व्यवसायका व्यक्तिहरुको एकिकृत संगठनको रुपमा स्थापित परिवर्तन नेपालमा फरक फरक क्षेत्रका व्यक्तिहरुको १७ वटा उपसमिति रहेको छ ।
१७ उपसमिति मध्य यतिबेला भने यूनिका ढकालको नेतृत्वमा रहेको स्वास्थ्य उपसमिति र खेम प्रसाद तिमल्सीनाको नेतृत्वमा रहेको व्यवसायी एवं विद्यार्थि उपसमितिले समाजमा स्वाँब संकलन र खाद्यान्न वितरण गरेको हो ।
२५० भन्दा धेरै एक्टिभ सदस्यहरु रहेको संस्थाले यदि आवश्यक परेको खण्डमा सहयोगको दायरा बढाउँदै अन्य उपसमितिहरुलाई पनि परिचालन गर्ने योजनामा रहेको परिवर्तन नेपालका अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले बताउनुभएको छ ।
उहाँले सरकारले तय गरेको सम्पूर्ण स्वास्थ्य मापदण्डलाई पालना गर्दै जो असलमै पिँडित बनेका छन्, समस्यामा परेका छन् उनिहरुको सहयोगकोलागि हरसम्भव कोशिस गर्ने बताउनुभएको छ ।