‘नेपाल आइडल’ को चौथो सिजन : निर्णायकहरु परिवर्तन

nepal idal

भदौ ४, कास्की,

रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए ।


शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान

उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छन् ।

सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।