पोखरा महानगरपालिकालाई चीनको नानिङ शहरद्धारा २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

pokhara-mahanagar-help

साउन ३२, कास्की,

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिनुभयो । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताउनुभयो ।

परिषद्का अध्यक्ष भट्टराईका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ ।