पोखरामा मोटरसाइकलको ठक्करबाट एक बालिका सहित २ जना घाइते

durghatana

साउन २८, कास्की,

कास्कीको पोखरामा आज(बिहीबार) दिउसो मोटरसाइकलको ठक्करबाट बालिका सहित २ जना पैदलयात्री घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार आज दिउसो सवा १ बजेको समयमा पोखरामहानगरपालिका १६, बाटुलेचौर स्थित मातृशिशु अस्पताल अगाडि बगरबाट महेन्द्र गुफातर्फ जादै गरेको ग २० प २२ ६८ नम्मरको मोटरसाइकलले बाटुलेचौर बस्ने ५६ वर्षीया दिलमाया छन्त्याल र ६ वर्षीया जोनिसा छन्त्याललाई ठक्कर दिएको हो ।

घाइते दुबैजनालाई उपचारको लागि अस्पताल पठाइएको र उनिहरु दुवैको अवस्था सुधारोन्मुख रहेको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरीष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।