कास्कीका १९६ सहित देशभर थप ३ हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

corona

साउन २५, कास्की,

सोमबार गण्डकीका थप ५ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ४ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९६ जना सहित, नवलपुरका ९८ जना, स्याङ्गजाका ८६ जना, लमजुङका ६२ जना, बागलुङका ६० जना, गोरखाका ४९ जना, तनहुँका १३ जना, म्याग्दीका ७ जना, पर्वतका ५ जना र मुस्ताङका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२ हजार ६२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४२७ जना कोरोनामुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५९१ पुगेको छ ।

यस्तै सोमबार गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु हुनेमा कास्की सहित नवलपुर, स्याङ्गजा, म्याग्दी, र तनहुँका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४१ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर थप ३ हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार चार सय ४५ जनाको पीसीआर र ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ८४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ ।

यही अवधिमा थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ ।

अहिले नेपालमा ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।