कास्कीका १ सय ६८ सहित थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण, गण्डकीका ९ सहित १६ जनाको मृत्यु

corona

साउन १४, कास्की,

बिहीबार गण्डकी प्रदेशमा थप ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा गरिएको नमुना परीक्षणमा थप ४ सय २७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ६८ जना सहित नवलपुरका ६९ जना, स्याङ्गजाका ४३ जना, पर्वतका ४१ जना, गोरखाका ३१ जना, तनहुँका २७ जना, बागलुङका २१ जना र म्याग्दीका १८ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशभर कोरोना संक्रमितको कूल संख्या ६६ हजार ७ सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट मात्रै ३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६१ हजार ४०३ पुगेको छ ।

त्यस्तै बिहीबार गण्डकीमा थप ९ जनाको मृत्यु भएको छ । थप मृत्यु हुनेमा पर्वतका ६ जना सहित, कास्की, तनहुँ र बागलुङका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३ पुगेको छ ।

यस्तै देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ३५ र एन्टिजेन विधिबाट ४ हजार ६ सय ८७ को परीक्षणमा १ हजार ३० जनामा संक्रमण देखिएको छ । यो कुल परीक्षणको २३ दशमलव ६२ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् भने १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

नेपालमा सङ्क्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।