सोमबार नेप्सेमा सामान्य गिरावट

Share_nepse_market

साउन ११, कास्की,

हिजो आइतवार ५५ अङ्कले बढेको नेप्से आज सोमवार भने घटेको छ । नेप्से आज आठ दशमलव २४ अङ्कले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ४३ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर ३४ अङ्कले, अन्य समूहको शेयर साढे १० अङ्कले घटेको छ । आज व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, बीमा र जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज दुई सय २३ कम्पनीका तीन करोड ७० लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ३९ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।