सरकारलाई स्पष्टिकरण नदिई रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

guru-bhatrai relbe

साउन २७, काठमाण्डौ,

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ ।

उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो ।

अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उहाँले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेको बताउनुभयो ।