गण्डकी प्रदेश प्रमुखको अभिव्यक्ति गलत भयो : प्रतिपक्षदलहरु

3 dal ko jhanda

बैशाख २३, कास्की,

गण्डकी प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्ति प्रति प्रतिपक्षमा रहेका दलहरुले आपत्ति जनाएका छन् । पौडेलले पदभार ग्रहण गरेकै दिन मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ् विरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने बताउनुभएको थियो ।


सीता पौडेल

प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र र जनता समाजवादि पार्टिले संयूक्त विज्ञप्ति निकालि पौडेलको प्रतिपक्षका कारण प्रदेशसभा अवरुद्ध भएको भनि दिएको अभिव्यक्ति गलत रहेको बताएका छन् । पौडेलले संवैधानिक मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै दलहरुले उहाँको आलोचना गरेका छन् ।

नवनियुक्त प्रदेश प्रमुख पौडेलले तल्लोस्तरका कार्यकर्तालेसमेत व्यक्त गर्न नसुहाउने खालको अभिव्यक्ति दिएको दलहरुको आरोप रहेको छ । पौडेललाई तटस्थ रहि अभिभावकको भुमिका निर्वाह गर्न समेत दलहरुले आग्रह गरेका छन् ।

हेर्नुहोस् प्रेस विज्ञप्ति…