कास्कीका १ सय ९७ सहित झण्डै ५ हजार कोरोना संक्रमित थपिए

corona

साउन २६, कास्की,

मंगलबार गण्डकी प्रदेशमा थप ५ सय ५३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ५३ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ९७ जना सहित स्याङ्गजाका ७४ जना, बागलुङका ६६ जना, तनहुँका ५६ जना, गोरखाका ५६ जना, नवलपुरका ५० जना, म्याग्दीका ४६ जना, पर्वतका ६ जना र लमजुङका २ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४६५ जना कोरोनामुक्त भएका छन् । अहिले प्रदेशमा ७ हजार १ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै मंगलबार गण्डकीमा थप ८ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ५ जना सहित नवलपुर, म्याग्दी र लमजुङका एकए जना रहेका छन् । गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४९ पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा ४९ सय ४ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ११५ जना कोरोनाबाट मुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको मन्त्रालयले बताएको छ ।