राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्यको घोषणा

Bidhya bhandari

असार २८, काठमाण्डौ,


राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷०३÷२८ को सिफारिसमा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । यसअघि राष्ट्रिय सभाले मङ्गलबार दिउँसो ३ बजेका लागि अर्को बैठकको तय गरेको थियो ।