गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङद्वारा पदबाट राजिनामा, तीनदिन भित्र सरकार गठनबारे प्रक्रिया अगाडी बढाउन प्रदेश प्रमुख पौडेलको आग्रह

Prithivi-subba-gurung

बैशाख २६,कास्की

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिनुभएको छ । उहाँले गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपरान्ह राजीनामा बुझाउनु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यसउपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिनुभएको हो ।

नेपालको संबिधान १६८ उपधारा २ बमोजिम तीनदिन भित्र सरकार गठनबारे प्रक्रिया अगाडी बढाउन गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सबैलाई आब्हान गर्नुभएको छ । पुरानो सहमति कायमै रहेको अवस्थामा गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बन्ने निश्चित देखिएको छ ।