भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

chakrawaat

जेठ १२, एजेन्सी


कोरोना महामारिसँग जुधिरहेको भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।
यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको बताएकी छन् ।
गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो ।